महाभियोग सिफारिस समितिको बैठक, अझै ३२ प्रश्नको जवाफ बाँकी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको छ । तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ ।

अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताए । समिति समक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन् । महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् ।

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ । पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ । संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री