प्रचण्ड गुल्मीबाट पनि सिफारिस

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई गुल्मीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ ।  उनलाई गुल्मी क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस गरिएको हाे ।

प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले बताए । उनकाअनुसार प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन् । प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ती) जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन् ।

गुल्मी क्षेत्र नम्वर २ बाट नेता भीमकान्त भण्डारी, बीरबहादुर कार्की र निमबहादुर पाण्डे सिफारिस भएका छन् । त्यस क्षेत्रको प्रदेश (क) मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन् । (ख) बाट बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्थानीय तह उपनिर्वाचन : आज मनोनयनपत्र दर्ता, आचारसंहिता लागू

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

प्रतिकृया दिनुहॊस