काठमाडौं। कैलालीमा १५ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कार भएकाे छ । जिल्लाकाे घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेकाे जाहेरी प्रहरीकहाँ आएकाे छ ।
‘सानाे काम छ भनेर एक युवाले बाेलाएर कतै लगेकाे र फाेनमार्फत् साथीहरूलाई बाेलएर सामूहिकरूपमा बलात्कार गरिएकाे कुरा आएकाे छ,’ इलाका प्रहरी कार्यालय, सुखडमा प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले भनेका छन् ।
शाहीकाअनुसार उनीहरू सबैले मादक पदार्थ सेवन गरेका थिए । ‘घटना २१ गते रातिकाे रहेछ,’ उनले भने, ‘सबैले मादक पदार्थ सेवन गरेका रहेछन् । याे कुरा युवतीले अभिभावकलाई भन्न सकिनन् र स्थानीयले देखेपछि थाहा भयाे ।’
किशाेलीले जाहेरीसमेत दिएकी छन् । जाहेरीकाे आधारमा प्रहरीले चारजनामध्ये ३ जनालाई पक्राउ गरिसकेकाे छ । किशाेरीलाई सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेका थिए ।




