डिशहोममा १ वर्षको रिचार्ज गर्दा रोमलालले जिते एक लाख

काठमाडाैं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जाको गल्याङ नगरपालिका -११ का रोमलाल अधिकारीले नगद एक लाख रुपैयाँ जितेका छन् ।

वडाध्यक्ष दलबहादुर सिंजाली मगर तथा डिलर दाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फवाट अफिसर राजाराम पौडेल तथा खेमराज देवकोटाको उपस्थितीमा क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले विजेता अधिकारीलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजनाअन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईको मा गएर फण्ड ट्रान्सफरमार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

विजेता अधिकारीलाई वधाई दिँदै डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास लिएको कम्पनीले जनाएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सनराइज होल्डिङ्स प्रा.लि. लाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

काठमाडौँ । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने …

प्रतिकृया दिनुहॊस