गठबन्धनमा भागबण्डा मिलाउने तनावमा छु : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गठबन्धनमा भागबण्डा मिलाउनु पर्ने दबाबका कारण आफू तनावमा रहेको बताएका छन् ।

बिहीबार सहिद सुरेश वाग्लेको स्मृतिसभामा बोल्दै उनले गठबन्धनको भागबण्डा गनुपर्ने भएकाले आफू तनावमा रहेको बताएका हुन् । ‘ऋषि कट्टेलजीले भन्या जस्तै आज भागबण्डाको कार्यक्रम २ बजेदेखि सुरु छ । वारेन्ट आइसक्यो’, उनले भने, ‘दुई बजे जानुपर्ने ३ बजिसक्यो यहाँ भाषण चलेको छ, चलेको छ । तनावमै छु ।’

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एक बनाउन लाग्दा फुटाउन अदालत गएको भन्दै अहिले आदर्शको कुरा नगर्न चेतावनी समेत दिए । ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालत जाने भन्ने तपाईं नै होइन र ?’, उनले भने, ‘अहिले कांग्रेससँग मिल्यो भनेर तपाईंले भन्न मिल्छ ? संविधान र गणतन्त्रमा गरेको कामलाई ?’, उनले प्रश्न गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशैभर मनसुनी वायु सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहॊस