नबिल बैङ्क र युनिलिभरबीच सम्झौता, व्यवसायीहरूले च्यानल फाइनान्सिङ कर्जा पाउने

काठमाडाैं । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभरका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखर्जीले गत सोमवार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत तथा युनिलिभरका मुख्य वितरकहरूको उपस्थिति रहेको थियो ।

युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरूलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्र दिएको छ । यसअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल पार्टनरका रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आर्कषणअन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई. कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध व्यवसायीहरूलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एसएमई कर्जाहरू पनि उपलब्ध गराउने जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंक वित्तीय संस्थाका तर्फबाट सबैभन्दा बढी कर तिर्नेमा नबिल बैंक सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय र बिमा संस्थाअन्तर्गत सबैभन्दा …

प्रतिकृया दिनुहॊस