काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर निर्माणमा गर्दा नक्सा पासबिना बनाइएका पर्खाल (वाल) भत्काउने भएको छ । नियम विपरीत निर्माण भएका पर्खाल भत्काइने भएको हो ।
महानगरले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएका पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । मापदण्डले कम्पाउन्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार पर्खाल बनाउन महानगरले आग्रह गरेको हो ।
नक्सा पास नगरि निर्माण गरिएका पर्खाल ३५ दिनभित्र हटाउन महानगरले सूचना जारी गरेको छ । ‘३५ दिनको समयभित्र नक्सा पासविना बनाइएको वालहरू नहटाएमा कार्यालयबाट खटेको टोलीले भत्काउने छन् । हटाउँदा लागेको खर्चसमेत घरधनीबाट असुल गरिने व्यहोरा सम्बन्धित घरधनीलाई सूचना जा
री गरिन्छ,’ सूचनामा लेखिएको छ ।
प्रतिकृया दिनुहॊस