साफ यू-१७ : नेपाल सेमिफाइनलमा

काठमाडाैँ । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार राति भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

नेपालको जितमा उनेश बुढाथोकी र सिमान्त थापाले एक एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए ।

यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ । यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री