प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

काठमाडाैं । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छुट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन कम्पनीले बियोण्ड फिट प्राइभेटसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री