एनएमबी बैंककोे अगवाईमा शिवम सिमेण्ट प्रा.लिलाई सहबितीयकरण कर्जा अन्तर्गत १६ अर्ब रुपैयाँ प्रदान

काठमाडौं । एनएमबी बैंककोे अगवाईमा शिवम सिमेण्ट प्रा.लिलाई सहबितीयकरण कर्जा अन्तर्गत १६ अर्ब रुपैयाँ  ऋण लागानी गर्ने भएको छ ।

अगुवा बैंकको तर्फबाट एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र होङसी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयले सोमबार ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

चीनको होङ्सी (हङकङ रेड लायन सिमेन्ट नम्बर ३) र शिवमको संयुक्त लगानीमा उत्पादन हुने सिमेन्ट उद्योगमा उक्त रकम लगानी हुनेछ । होङ्सी शिवम् सिमेन्ट प्रालिमा चिनियाँ कम्पनीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व छ ।

देशकै ठूलो सिमेन्ट उद्योगका लागि यति ठूलो रकम स्वदेशी बैंकले लगानी गर्न लागेको पहिलो पटक हो,’ उनले भने, ‘यसबाट स्वदेशी बैंकहरू पनि ठूला परियोजनामा लगानी गर्न सक्षम छन् भन्ने पुष्टि हुन्छ ।’ कम्पनीमा एनएमबी सहित, नेपाल इन्भेष्टमेन्ट, प्रभू, एभरेष्ट र नेपाल एसबिआई बैंकले क्रमशः ६ अर्ब ७५ करोड, ४ अर्ब, ३ अर्ब, १ अर्ब २५ करोड र १ अर्ब रुपैयाँ लगानी हुनेछ ।

बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा नेपाली बैंकहरूले ७ वर्षका लागि ऋण लगानी गर्न लागेका छन् । लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको थियो ।

उसले धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँबराबरको वैदेशिक लगानीको स्वीकृत पाइसकेको छ । वित्तीय व्यवस्थापनअघि नै सिमेन्ट उत्पादन सुरु गरिसकेको कम्पनीको उत्पादन क्षमता अहिले करिब दैनिक ६ हजार मेट्रिक टन छ । यसलाई बढाएर एक वर्षभित्र १२ हजार मेट्रिक टन पुर्याउने लक्ष्य छ ।

कम्पनीले कारखानाबाट निस्केको फोहोरबाट १२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यसलाई करिब ५० मेगावाट विद्युत आवश्यक पर्ने जनाइएको छ ।

लगानी बोर्ड र कम्पनीबीच २०७४ भदौ १८ गते परियोजना लगानी सम्झौता (पिआइए) भएको थियो । ३६ करोड ९१ लाख अमेरिकी डलर लागत अनुमान गरिएको परियोजना देशकै ठूलो सिमेन्ट उद्योग हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप