काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । मंगलबार जनताको साथमा कांग्रेस अभियान अन्र्तगत प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो ।
भेला कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले कांग्रेसलाई जिताउन टोलदेखि केन्द्रसम्म सबै एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन् । यसका निम्ति कांग्रेसले गरेका हरेक कार्यलाई जनतासंग अन्तरक्रियात्मक कार्यक्रम गरी आगडि बढ्नु पर्नेमा उनले जोड दिए ।युवादेखि बृद्धसम्ममा राजनीतिक चेतना ल्याई सक्रियतापूर्वक चुनावमा होमिन सबै कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले पार्टीले टिकट दिएका उमेद्वारलाई स्वतःस्फुर्त रुपमा सहयोग गर्न पनि सुझाव दिए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्थविद् डा.गोविन्द पोखरेलले विपिको समाजवाद नीतिलाई आत्मासाथ गरेर अगाडि बढ्न आग्रह गरेका छन् । उनले कांग्रेसले धेरै विकासका कार्यक्रमहरुलाई धेरै गरेको उल्लेख गर्दै त्यसलाई जनता सामु प्रस्फुटन गर्न नसक्नु पार्टीको कमजोरी रहेको औंल्याए ।
भेलामा उनले विकासको मुल फुटाउने कांग्रेस नै भएको दाबी गर्दै खुल्ला अर्थनीति, निजी क्षेत्रको व्यापारीकरण, सन्तुलित समाजवाद, गतिशिल अर्थतन्त्र, सहभागीतामुलक लोकतन्त्रको पक्षधर कांग्रेस पार्टी रहेको बताए । यही अवधारणा अनुसार मुलुकले अर्थतन्त्रमा फड्को मारेको बताए ।
विकासोन्मुख देशतिर लैजान उत्पादन स्रोतको खोज, व्यवस्थापन, तरुणको परिचालन, विदेश पलायनलाई फर्काउने तथा रोक्ने, सहरीकरण व्यवस्थापन गर्ने, राजस्व संकलनमा जोड र व्यवस्थापन, करलाई सहज बनाउने, उद्यमसिल बन्न उत्प्रेरणा दिने, छिमेकी राष्ट्रहरुस“गको सम्बन्ध सुधार गर्दै स्थानीय स्रोत र साधनको पहिचान गरी व्यवस्थापन र उत्पादनमा जोड दिनुपर्नु आवश्यकता रहेको औल्याए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य नानु बास्तोलाले संविधानको रक्षा र संघीय लोकतन्त्रको संरक्षण गर्न कांग्रेसलाई जिताउन अपरिहार्य रहेको बताएकी छन् । सिंहदरबारको अधिकार गाउ“गाउ“मा पु¥र्याउन कांग्रेस नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
सबै आम मतदाताहरुलाई कांग्रेसलाई जिताउन उनले आग्रह गरिन् । उनले विगतमा कम्युनिष्ट नेतृत्वको सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउ“दै देशलाई सहि गतिमा लैजान कांग्रेस मात्रै सक्षम रहेको दाबी गरिन । स्थानीय निकायका कार्यकर्तालाई चुनावमा प्रभावकारी भुमिका खेल्न सके कांग्रेसको हातमा देशको नेतृत्व पुग्ने बताइन ।
त्यस्तै कार्यक्रमका काठमाडौं क्षेत्र नं ९ (क) का सभापति मोहन कुमार बस्नेतले जनताको साथमा कांग्रेस अभियानलाई सफल बनाउन सबै तह र तप्काका व्यक्तिहरुको आवश्यकता रहेको बताए ।
भेलामा उनले चुनाव केन्द्रित गरेर टोल तथा इकाईदेखि सबै निकायहरुमा कांग्रेसको एजेण्डामा गहन रुपमा जनतास“ग छलफलमा लैजानु पर्ने आवश्यकता रहेको बताए । उनले व्यक्ति भन्दा पार्टीलाई माथि उठाउन सबै कार्यकर्तालाई आग्रह गरे । उनले युवालाई राजनीतिमा ल्याउन चुनौती रहेको उल्लेख गर्दै उनीहरुमा राजनीति चेतना जगाउन पर्नेमा जोड दिए । राजनीतिक स्थायित्वको लागि समय सापेक्ष रुपमा अगाडि बढ्नु पर्ने, जनतामुखी कार्यक्रम ल्याउनु पर्ने, विदेश पलायनबाट युवाहरुलाई जोगाउनु पर्ने, तालिमको व्यवस्था गरि दक्ष जनशक्ती उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले हालको बेरोजगार समस्यालाई मध्यनजर गरी व्यवसायिक र आत्मानिर्भर शिक्षा अवबलम्बन गरी अगाडी बढ्ने पार्टीको एजेण्डा रहेको बताए । अबको नेतृत्वले परम्पराबादी प्रणाली भन्दा नयाँ कार्यक्रम ल्याउने कुरालाई जनतासमक्ष सचेत गराउनु पर्ने बताए । उनले राजनीतिकलाई कमाउने भाडो भन्दा समाज परिवर्तन हो भन्ने कुरा बुझनु पर्ने उल्लेख गरे ।
कार्यक्रमा पुर्वराज्यमन्त्री तिर्थमान डंगोल, महानगर सभापति निलकाजी श्रेष्ठ, क्षेत्र नं ९(क) का क्षेत्रीय सभापति जयकृष्ण महर्जन लगायतले आ आप्mनो धारणा व्यक्त गरेका थिए ।



