कागेश्वरी मनोहराको १०० दिन : सामाजिक विकासलाई मुख्य प्राथमिकतामा

काठमाडौँ ।  काठमाडौँ पूर्वी भेगको कागेश्वरी मनोहरा नगरपालिका जनप्रतिनिधिहरूले पद बहाली गरेको १०० दिन पूरा गरेका छन् । जनप्रतिनिधिहरूले पद बहाली गरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरू सार्वजनिक गरेको हो ।

नगरपालिकाले सामाजिक विकाशलाई मुख्य प्राथमिकता निर्धारण अगाडी बढेको कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जानकारी दिए । उनकाअनुसार नगरपालिकाले नगरपालिकाको समग्र विकास गर्न  शिक्षा, स्वास्थ्य ,खेलकुद, जेष्ठ नागरिक ,युवा तथा महिला सशक्तीकरण,उद्यमशीलता र भौतिक पूर्वाधारको काम अगाडी बढाएको छ ।

कार्य प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरपालिका क्षेत्रभित्रको पूर्वी शहरी आयोजना प्राथमिकता, नगरपालिकाभित्र खानेपानी आयोजना लगायत शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर बढाउने योजना प्रस्तुत गरिएको थियो । नगरपालिकाले रोजगारी निम्ति उद्यमशील कार्यक्रम, नगरापालिका क्षेत्रमा भएका कृषि, धार्मिक पर्यटनको क्षेत्रलाई व्यवस्थित तथा प्रवर्द्धनका योजनाबारे मेयर कार्कीले जानकारी दिए ।

मेयर कार्कीले व्यवस्थित शहरी तथा शहरी सौन्दर्यीकरण, पोहोर मैलाको व्यवस्थापन नदी क्षेत्रको संरक्षणलगायतका दिगो विकासका योजना तथा गरेको कार्य विवरण प्रस्तुत गरे । पत्रकार सम्मेलनमा मेयर, उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरे लगायत वडाका वडा अध्यक्ष, सदस्यहरू तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् अघि बढाइएका कार्यहरू :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री