बिजबजारको भदौ महिना अन्तर्गतको ‘२० मा बिज’ क्याम्पेन

काठमाडाैँ । ई-कमर्श प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपाहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ क्याम्पेन आज रातिदेखि शुरू हुने भएको छ । कपनीले भदौ महिनाको क्याम्पेन भदौ १९ गते राती १२ बजेदेखि २० गतेसम्म लाइभ गर्नेछ भने क्याम्पेनका केही योजनाहरू भदौ २२ गतेसम्म लाइभ हुने भएको छ ।

यही भाद्र २० गतेका दिन बिजबजारले अपराह्न ६ बजेदेखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ , जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा सो क्याम्पेनअन्गर्तको एक्क्लुसिभली महाबौद्ध योजनामा ७५ प्रतिशतसम्म, बिजुलीको बजार योजनामा ७० प्रतिशतसम्म, घरको इसेन्स्यिल्स योजनामा ६५ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफरहरू प्राप्त गर्ने सक्नेछन् ।
त्यस्तै, ‘यो कहाँ पर्यो’अन्तर्गत खेलका विजेता सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन् ।
‘२० मा बिज’का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न सो क्याम्पेन प्रभावकारी हुने विश्वास रहेको कम्पनीले जनाएको छ ।

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढावा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको छ ।

ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सकिनेछ । त्यस्तै, ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग लिन सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री