काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच बिहान भेट भएको हो ।
देउवा-प्रचण्डबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको छ । अपराह्न ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूको छलफल बोलाइएको छ, उक्त छलफलअघि दुई नेताबीच छलफल भएको हो ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा आन्तरिक छलफल गरेर आजसम्म सिट बाँडफाँट सङ्ख्या टुङ्ग्याउने नेताहरूले बताएका थिए । गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ ।
तपाईंको प्रतिकृया




