जोमसोम उडेको समिट एअरको जहाजमा समस्या, आकस्मिक अवतरण

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको समिट एअरको जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ । बिहान ७ बजेर ५९ मिनेटमा जोमसोम उडेको विमान सात मिनेटमै पुनः पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएकाे हाे ।

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीकाअनुसार चालकले इन्डिकेटरमा खराबीको संकेत थाहा पाएपछि आकाशमा एक फन्को मारेर सकुशल अवतरण गरेको छ । जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री