मुस्लिम आयोगका अध्यक्षले भगाएका अभियुक्त मेरियट होटलबाट पक्राउ

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विमानस्थलको भीआईपी कक्षबाट भगाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट शुक्रबार बिहान काठमाडौँ आइपुगेका सुनसरीका रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षको दुरुपयोग गर्दै आफ्नै गाडीमा भगाएका थिए । तर प्रहरीले शुक्रबार राति मेरियट होटलबाट पक्राउ गरेको हो ।

आलमले डेढ करोड बढी ठगेको आरोप छ । जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी समेत जारी गरेको थियो । यस्तै उपत्यका अपराध अनुसन्धानले उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिन पत्राचार समेत गरेको थियो ।

तर मुस्लिम आयोगका अतिथिसँगै दुबईबाट आएका थिए । विमानस्थलमा चेकजाँचका क्रममा उनी कालोसूचीमा रहेको देखिएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । तर उनी विमानस्थलमै पासपोर्ट छाडेर भागेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले आफूले भगाएको भन्दा पनि गाडी प्रयोग गर्न दिएको स्वीकार गरेका छन् । आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोप छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस