वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन भएको छ । भट्टराइको शनिबार बिहान चितवनमा निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

६६ वर्षीया भट्टराईको उपचारका लागि काठमाडौं आउँदै गर्दा गाडीभित्रै निधन भएको हो । करिब ५ दशक नेपाली फिल्म क्षेत्रमा बिताएका भट्टराई लामो समयदेखि बिमारी थिए ।

भट्टराईको शव आजै दिनको ३ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टीको पहल भइरहेको प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए । भट्टराईले फिल्म, म्युजिक भिडियो, छोटा फिल्म, टेलिफिल्म लगायत अनगिन्ती प्रोजेक्टमा कला निर्देशनको जिम्मेवारी निर्वाह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस