एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आयोजना तथा सन इन्फोटेक लिमिटेडको संयोजकत्वमा शुक्रबार ढुकुर पानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सुवेदीले एनसीसी बैंकको तर्फबाट हाल प्रदान भइ रहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारे । प्रस्तुतिको क्रममा सुवेदीले एनसीसी बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाई प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिनु भएको थियो । साथै, उनले व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासाहरूसंग सम्बन्धित अन्तरक्रियासमेत सम्पन्न गरिएको थियो । कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको उपस्थिति रहेको थियो ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदानगर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री