नेपाल वेयरहाउजिङ्ग कम्पनीले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन गर्ने भएको हो ।

आइपिओ जारी गर्नको निम्ति कम्पनीले धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ । हिमालयन क्यापिटलले नेपाली बजारमा पुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्ने क्रममा पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्न र कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले उक्त सम्झौता भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री