प्रभु बैंकका ग्राहकलाई नवरत्न आयुर हेल्थ केयरको सेवामा छुट दिने सम्झौता

काठमाडौँ । प्रभु बैंक र त्रिपुरेश्वर स्थित नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्रीकृष्ण दवाडी र नवरत्न आयुर हेल्थ केयरका अध्यक्ष डा. राजकिशोर साहले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले नवरत्न आयुर हेल्थ केयरद्धारा सञ्चालित सेवाहरुमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, नवरत्न आयुर हेल्थ केयरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री