काठमाडौं । पतञ्जली आयुर्वेद र आईएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा पतञ्जलीको तर्फबाट निर्देशक ऋषि कुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
यस प्रकारको सहकार्यले भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् ।
तपाईंको प्रतिकृया




