स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनी नेपालमा, के छ यसमा विशेषता?

काठमाडाैं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

इओ चार्जिङ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । इओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।

इओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमाजोन, डीएएल र टेस्को जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको कम्पनीको भनाइ छ ।

यस कम्पनीले मर्सिडिज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा इओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६०,००० वटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो ।

इओ मिनीका अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ किलोवाटसम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५,००० रहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री