बुधबारसम्म गठबन्धनको भागबण्डा टुंगिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्म गठबन्धनको भागबण्डा टुङ्गाउने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले बुधबारसम्म गठबन्धनमा कुन दलले कति सङ्ख्या पाउने भन्ने बारे टुङ्गाउने बताएका छन् ।

प्रचण्डले दलहरूले विभिन्न चरणमा तालमेल टुङ्गाउने गरी छलफल अगाडी बढेको बताएका छन् । प्रचण्डले २० गतेसम्म कुन दलले कुन क्षेत्र पाउने भन्ने टुङ्गाउने तयारी भएको बताए । साथै उनले भदौ २५ गतेसम्म आफ्ना पार्टीका उम्मेदवार समेत टुङ्गाउने बताए ।

प्रचण्डले स्थानीय तहको निर्वाचनमा भन्दा संसदीय चुनावमा गठबन्धन व्यवस्थित गरिने बताए । साथै प्रचण्डले भदौ २० गतेसम्म संस्थागत निर्णय गरेर उम्मेदवारको सिफारिस गर्न निर्देशन दिँदै केन्द्रले संस्थागत रूपमा नै उम्मेदवार बारे निर्णय गर्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री