नेवा समुदायको अपमान गरेकाे आरोप लागेका कमेडियनलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौँ । नेवा समुदायको कला, संस्कृति तथा खानपानको अपमान गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिइएको छ ।

उनलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो । सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले शुक्रवार उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले युट्युबबाट उक्त सामग्री हटाइसकिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा उल्लेख भएको सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उक्त कसुरमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री