बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।

बालेनविरूद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ । मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै सो स्ट्याटसले सर्वोच्च अदालतको अवहेलना भएको मुद्धा दायरकर्ता अधिवक्ता जोशीले दाबी गरेका छन् ।

केहि साता अघि नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन बालेन आफै अस्पताल पुगेपनि नर्भिकले मुद्दा दायर गरेपछि सर्वोच्चले तत्काल संरचना नहटाउन आदेश दिएको थियो ।

उक्त आदेशपछि साउन २५ गते मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्ट्याटस लेखेका थिए । उनले लेखेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

त्यसपछि भदौ ५ सम्म पनि अल्पकालीन मुद्धा को पेसी नतोकिएपछि बालेनले आफ्नो बुढो भएको तस्वीरसहित अर्को स्ट्याटस लेख्दै अल्पकालीन आदेशको पेसी आफ्नो कार्यकाल सकिएपछि आउछ की भन्दै व्यंग्य गरेका थिए । उनले लेखेका थिए- ‘अल्पकालिन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री