काठमाडौँ । अनधिकृत संरचना भत्काउनले अभियानलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले न्युरोडका चार भवनका बेसमेन्ट खाली गर्न निर्देशन दिएको छ । महानगरको टोलीले मखनको सुरज अर्केडसहित चन्द्र महल, मखन प्लाजा, चन्दा चकोरी भवनका बेसमेन्ट पनि खाली गर्न निर्देशन दिएको हो ।
निरीक्षणका क्रममा अन्य भवनको भूमिगत पार्किङमा पनि पसलहरु चलाएको भेटाएलगत्तै तुरुन्तै खाली गर्न निर्देशन दिएको छ । व्यापारीहरुले पसल खाली गरेर हट्ने प्रतिवद्धता जनाएका छन् ।
तर सम्बन्धित व्यक्तिले भने भवन ४६/४७ सालमा बनेकोले नक्सा पास गर्दा पार्किङ अनिवार्य नभएको बताएका छन् । भवनको नक्सामा पार्किङ नरहेको उनीहरुको भनाई छ ।
तपाईंको प्रतिकृया




