३१ जना भारतीय सेना काठमाडौँमा

काठमाडौं । भारतीय सेनाको वायु सेनाका उपप्रमुख तेजवीर सिंह काठमाडौँ आएका छन् । सिंहको नेतृत्वमा ३१ जना सेना नेपाल आएका हुन् । आइतबार दिउँसो आएको टोली ५ दिन नेपालमा रहनेछ ।

उनीहरू नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्स –६२ मा सहभागी हुन् । टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्र मन्त्री नारायण खड्कासँग भेट गर्ने तालिका छ ।

सोमबार नै सैनिक मुख्यालय जङ्गी अड्डा भ्रमण गर्ने र मंगलबार पोखरास्थित मध्यकमाण्डको हेडक्वार्टर भ्रमण गर्नेछ । भ्रमण दलले पशुपतिनाथ मन्दिर, काठमाडौँ दरबार स्क्वार, लुम्बिनी लगायत काठमाडौँ र पोखराका पर्यटकीयस्थलहरूको अवलोकन गर्ने छ ।

उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गते सम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस