१६ लाख ३१ हजारले भरेको पिपल्स पावरको आईपीओ जम्मा २ लाख २९ हजारले पाए

काठमाडौँ । पिपल्स पावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको प्राथमिक सेयरको निस्कासनमा १६ लाख ३१ हजार ३८ वटा आवेदन परेको थियो । तीमध्ये दोहोरो आवेदनका कारण १ हजार ६ सय ८ तथा अन्य कारणबाट ३ हजार ५ सय ४ आवेदन रद्द भएको थियो ।

बाँकी योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटामध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता बाँडफाँट गरिएको छ । तीमध्येकै २ जनालाई थप १–१ अर्थात कुल ११ कित्ता बााडफााट गरिएको छ । कुल २२ लाख ९४ हजार ६८२ कित्ता सेयर बााडफाँड गरिएको हो ।

प्रभु क्यापिटल लिमिटेडले निस्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको थियो । साउन ३१ गते देखि भदौ ५ गतेसम्म सार्वजनिक निस्कासन खुला गरिएको पिपल्स पावरको प्राथमिक निस्कासनमा कुल सेयर २४ लाख ६७ हजार ४ सय कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३ सय ४८ कित्ता छुट्याइएको थियो ।

आईपीओको रिजल्ट तल दिईएका लिंकबाट हेर्न सकिन्छ :

१) https://results.prabhucapital.com/

२) https://iporesult.cdsc.com.np/

३) https://meroshare.cdsc.com.np/#/login

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री