सुन तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाडाैँ ।  नेपाली बजारमा सुनको मूल्य साताको पहिलो दिन घटेको छ । शुक्रवारको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर बजार मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ निर्धारण भएको हाे ।

शुक्रवार सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँ कायम भएको छ । गत शुक्रवार चाँदी प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री