ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

काठमाडाैँ । एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।

‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बनेका थिए। आलोपालोको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी नौ महिनामा पदमुक्त भएका थिए। दोस्रो पटक ३ फागुन २०७४ मा पनि प्रधानमन्त्री बनेका थिए। त्यति बेला माओवादी केन्द्रसँगको वाम गठबन्धनले झन्डै दुईतिहाइ मत पाएको थियो । अन्नपूर्ण पोस्टबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं महानगरले फेरि थाल्यो भित्तेचित्र लेखन (तस्बिरहरु)

काठमाडौँ । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ वानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।

प्रतिकृया दिनुहॊस