बालेन डोजर लिएर निस्किसके अब ‘बा’हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने बताएका छन् । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नाम लिदै उनले अब उनीहरुलाई विदा गर्नुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु बालेन साह डोजर लिएर निस्किसके ।’

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको दाबी गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री