सानिमा बैंकले ल्यायो बुवाको मुख हेर्ने दिनमा विशेष छुट योजना

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना ल्याएको छ । योजनाअन्र्तगत ग्राहकहरुले रेडिसन होटल, अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि र सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाकारी दिएको छ । यो योजना भदौ ११ गते लागु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds