काठमाडाैं । पोखराको फिस्टेल एकेडेमीले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख सहयोग गरेको छ । एकेडेमीका संस्थापक चिनु रानाभाटले सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई सहयोग गरेको बताए ।
११ कक्षामा भर्ना हुन आएका विद्यार्थीलाई स्वागत गर्दै रानाभाटले सहयोगको घोषणा गरेका हुन् ।
उक्त कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक डा। महावीर पुनलाई रकम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पुनले किताबी पढाइ मात्र नभई सिर्जना र अनुसन्धानमा पनि जोडिन विद्यार्थीलाई सुझाव दिए । पढेका विषयलाई प्रतिस्पर्धामा समेत उपभोग गर्न उनको आग्रह छ ।
तपाईंको प्रतिकृया




