काठमाडाैँ । देखेर तिमीलाई-तीनपाते, बाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरि सकेको आर्टमाण्डू नेपाल प्रा.लि.को प्रस्तुति रहेको “बाँचुन्जेल हाँसखेल मरेसी तास खेल ” नामक प्रयोगात्मक गीति भिडियो आर्ट्माण्डुको आफ्नै युट्युब च्यानलमा सार्बजनिक भएको छ।
जसलाई “म्युजिकल प्ले ” को नाम दिईएको छ। नबिन चौहानको शब्द अनि सुशान्त गौतमको संगीत रहेको उक्त गीतमा नेपाल आईडल सिजन ३ कि बिजेता सज्जा चौलागाईं र भानुभक्त ढकालको आवाज रहेको छ।
आर्ट्माण्डु नेपालकै प्रस्तुतिमा गत जेठ २० गते देखि असारको २६ गते सम्म मण्डला थिएटरमा ब्यापक सफलता सहित मन्चन भयो नाटक “चोरको स्वर” । अधिकांश दर्शक, श्रोता अनि समिक्षकको मन जितेको उक्त नाटकका प्राय सबै पात्रहरुले मन मस्तिष्कमा छाप छाड्न सफल भएका थिए। ती तमाम पात्र बीच एक अविवाहित पात्र थिए जसको नाम थियो “लप्टने” । हो, उनै लप्टनेको पात्रको जीवनको एक अंशलाई यो गीतको कथामा बडो रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
जो गाउँघरमा लाग्ने मेला बजार घुम्न निस्केको छ। उसले बजार भर्न आएका बिभिन्न युवतीहरुलाई आफ्नो मायाजालमा पार्न प्रयत्न गर्छ तर अफसोच ऊ असफल हुन्छ। भिडियोका दृश्यहरुमा गाउँघरमा लाग्ने स-साना मेला बजारको झझल्को दिइएको छ।




