‘तिजको रमझम आइपे रेमिटको गीतमा टिकटम बनाई नाचौँ छमछम’

काठमाडौँ । अई पे रेमिट प्रालिले ‘तिजको रमझम, आइपे रेमिटको गीतमा टिकटम बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ । हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि अई पे रेमिट प्रा.लि.ले “तिजको रमझम, आइपे रेमिटको गीतमा टिकटम बनाई नाचौँ छमछम” विशेष योजना र्सावजनिक गरेको हो ।

यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुने कम्पनीले बताएको छ । यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप रु ५००, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप रु १५००० र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले रु २०,००० प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाइदिन सम्पुर्ण सेवाग्राही तथा साझेदारहरुलाईकम्पनीले अनुरोध गरेको छ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २०००० भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । साथै नेपालको जुनसुकै बैंक तथा वित्तिय संस्थामा Real Time Account deposit र e-wallet df Real Time टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस