काठमाडाैं । बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठले अगस्ट २०२२ मा भुटानमा आयोजना भएको साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा दुई स्वर्ण पदक जित्न सफल भएकी छन् ।
उनले सो प्रतिस्पर्धामा महिला खुल्ला तौल समूह र खुल्ला प्रतिस्पर्धा (Open Challenge) मा स्वर्ण पदक हात पार्न सफल भएकी छन् । उनले सो प्रतिस्पर्धामा उत्कृष्ट महिला फाइटरकाे उपाधि समेत प्राप्त गरेकी छन् भने श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहेको थियो ।
बिजबजारले शिवानी श्रेष्ठलाई बधाई दिँदै उनको प्रदर्शन प्रति गौरवान्वित महसुस भएको र यस प्रतिस्पर्धामा उनलाई हौसला र समर्थन प्रदान गर्न पाउँदा हर्षित भएको समेत जनाएको छ । अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, सिप, क्षमता र इच्छा प्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टिमको निर्माण गर्न मद्दत पुगेको कुरा बताएको छ ।
आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी (BizBazar Limited) बिजबजार लि. लाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो । बिजबजार व्यवस्थित, डिजिटल-मैत्री ई–कमर्स प्लेटफर्म हो जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सिर्जना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइन मार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राख्दछ ।
प्रतिकृया दिनुहॊस