एनएलजी ईन्सुरेन्स कम्पनी र ई-बीमा बीच सम्झौता, अब अनलाइनबाटै बीमा खरिद गर्न सकिने

काठमाडाैं । डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई–बीमाको यो पहिलो व्यावसायिक सम्झौता भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार ई–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे ।

हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।

यस्तै एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै ई–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस