नविल बैंकले ल्यायो आकर्षक ब्याजसहित ‘नबिल ढुक्क मुद्धती खाता’

काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । ‘नबिल ढुक्क मुद्धती खाता’ अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समयपछि दोब्बरदेखि १० गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

बैंकका अनुसार विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाताअन्तर्गत ग्राहकले रु ३ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस