अप्पर तामाकोसीमा सेयर आवेदन दिने समय ७ दिन थप

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले दोलखाबासीका लागि सेयर आवेदन दिने अवधि  ७ दिन थप गरेको छ ।  सबै स्थानीयलाई समेट्न  जिल्ला समन्वय समिति दोलखाको आग्रहपछि नेपाल धितोपत्र बोर्डले ७ दिन थप गरेकाे  हो ।

गत साउन १६ गतेबाट दोलखाबासीका लागि खुल्ला गरिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर आवेदन दिने अवधि आज सम्म थियो ।

प्रतिकित्ता सय रुपैयाँ अंकित १ अर्ब ५ करोड ९० लाख रुपैयाँ मूल्यको सेयर खरिद गर्न न्युनतम ३० देखि अधिकतम ३ सय कित्ताका लागि स्थानीयले आवेदन दिइरहेका छन ।

राजधानीमा बसोबास गर्ने दोलखालीका लागि पनि गत भदौ १ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो ।सेयर खरिद गर्न आवेदन दिने स्थानीयलाई  अयाेजनाबाट अतिप्रभावित, कमप्रभावित र  प्रभावित गरी ३ सूचीमा वर्गिकरण गरिएको छ ।

कम्पनीले स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको स्वपुँजी लगानीको १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । स्थानीय र सर्वसाधारणलाई सेयर बिक्री गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोसेढुंगा : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको …

प्रतिकृया दिनुहॊस