काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुन तोलामा ९४ हजार पाँच सय कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार १६० रुपैयाँ कायम भएको छ ।
तपाईंको प्रतिकृया




