गाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडाैँ । कैलालीमा सडकमा छोडिएको गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस