काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कालिमाटीस्थित जन प्रभात माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । यस अवसरमा स्वच्छ र हरियालीका लागि दिगो जीवन र व्यक्तिगत जिम्मेवारी प्रवर्द्धन गर्ने उद्देश्यले रुख र फूलसहित २५० भन्दा बढी बिरुवा रोपिएको बताइएको छ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, जन प्रभात माविका लिद्यार्थीलगायत करिब ९० जनाको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेड सिद्धार्थ बैंक लिमिटेडको ५१ प्रतिशत सेयर रहेको सहायक कम्पनी हो ।
तपाईंको प्रतिकृया




