करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु घर भएका २२ वर्षीय प्रदिप भट्टराई रहेका छन् । उनको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर अशक्त भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस