माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र फ्रि एजुकेशनल कन्सल्टेन्सिज अग्रनाइजेशनल नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि फेकनमा आवद्ध कन्सल्टेन्सीलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आवद्ध कन्सल्टेन्सीबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस