प्रदीप गिरीको निधनबाट राजनीतिमा गहिरो अभावको अनुभूति भयो : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका छन् । ‘नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ ।’

प्रचण्डले भनेका छन् ‘गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’ प्रतिनिधिसभा सदस्य समेत रहेका क्यान्सरपीडित गिरीको उपचारका क्रममा गए राति निधन भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री