काठमाडौँ । सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।
मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ । यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो ।
प्रदेश नं १
भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर।
मधेश प्रदेश
बारा, रौतहट,सर्लाही
बागमती प्रदेश
रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक
गण्डकी प्रदेश
बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ
लुम्बिनी प्रदेश
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व
कर्णाली प्रदेश
पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट
सुदूरपश्चिम प्रदेश
अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला




