चलचित्र ‘माइकल अधिकारी’ हलमा

काठमाडौं । शुक्रवार रिलिज अन्तर्गत नेपाली चलचित्र माइकल अधिकारी देशैभरिका विभिन्न हलमा आजबाट प्रर्दशनमा आएको छ ।

रञ्जित रौनियारद्धारा निर्देशिल चलचित्र पछिल्लो सामाजिक आर्थिक घटना क्रम र मानविय जीवन, विचार र दृष्टिकोणलाई केन्द्रमा राखेर बनाइएको छ । चलचित्रमा आर्थिक अभावका कारणले भाडामा बच्चा जन्माउन तयार भएको र त्यसपछिको भावनात्मक, संवेदनात्मक स्थितिलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री