काठमाडौँको फोहोर नउठेसम्म मेरो प्रहार भइरहन्छ : हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ उपत्यकाको फोहोर नउठेसम्म आफ्नो प्रहार जारी रहने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले आफूले काठमाडौँको फोहोर नउठेसम्म प्रहार जारी राख्ने बताएका छन् ।

आफू काठमाडौँ गएको अवसरमा फोहोर देखेपछि आफूले टिप्पणी गरेको भन्दै काठमाडौँको फोहोर सफा भएपछि मात्र आफ्नो आलोचना गर्न सुझाव दिएका छन् ।

मेयर साम्पाङले पछिल्ला दिनमा काठमाडौँको फोहोरको बारेमा लगातार टिप्पणी गरिरहेका छन् । उनको टिप्पणी मेयर बालेन शाहप्रति पनि देखिएको छ । उनको बालेनप्रतिको टिप्पणी पछि दुवै मेयरका फ्यानहरू सामाजिक सञ्जालमा भिडिरहेका छन् ।

साम्पाङले आफूले फोहोर सफा हुनुपर्छ भन्ने मात्र आफ्नो भनाई रहेको बताउँदै सत्य स्वीकार गर्न र हीनताबोध नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा धरानमा पनि फोहोर थुप्रिएको दाबी गरिएको प्रति आफूलाई फोहोर देखाइदिन चुनौती समेत दिएका छन् । आफूलाई धरानमा फोहोर देखाइदिए पाँच मिनेटमा सफा गरेर देखाइदिने बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस