निजामती ऐन ल्याउन माग गर्दै संयुक्त ट्रेड युनियनले घाेषणा गर्‍याे आन्दोलन

काठमाडौँ । संयुक्त ट्रेड युनियन सञ्जालले सङ्घीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सञ्जालले प्रथम चरणको आन्दोलनले गरेको माग सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जानकारी दिइएको हो ।

दोस्रो चरणका आन्दोलनका माग सुनुवाइ नभएमा आन्दोलनलाई थप सशक्त रूपमा अगाडी बढाउन बाध्य हुने पनि सञ्जालले चेतावनी दिएको छ । र, त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने समेत उसको भनाई छ ।

सञ्जालले पहिलो चरणको कार्यक्रम २०७९ भाद्र २ गते सम्पन्न गरेको थियो । आगामी भाद्र ५ गतेदेखि १७ गतेसम्म अर्को चरणको विरोधका कार्यक्रम सञ्जालले सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरेले विगत ५ वर्षदेखि सङ्घीय निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशील रहेको बताए ।

उनले आफूहरूले आम राष्ट्रसेवक कर्मचारीहरूले अघि सारेका मुद्दाहरूसहित सङ्घीय निजामती सेवा ऐन जारी गर्न दबाब सृजना गराउन खोजेको स्पष्ट पारे ।

त्यस्तै नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले सङ्घीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने धारणा राखे । आन्दोलनको पहिलो दिन भदौ ५ गते बिहान ९ बजेदेखि साढे १० बजेसम्म सिंहदरबारमा पर्चा वितरण गर्ने, भाद्र ६ गतेदेखि १७ गतेसम्म सबै कार्यालयहरूमा कालो ब्यानर राख्ने र कर्मचारीहरूले हातमा कालोपट्टि बाँधी कामकाज गर्ने, ९ गते प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सञ्जालले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds