प्रभु बैंकका ग्राहकले होटल सीताशरणमा छुट पाउने

काठमाडाैं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रा .लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रा .लि. का तर्फबाट महाप्रबन्धक कमल सिंह साउदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल सीताशरण प्रालिद्वारा सञ्चालित ‘फुड’ र ‘बेभरेज’ सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौताअन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस